विभिन्न मितिमा भएका सन्धी सम्झौताको विवरण उपलव्ध गराउन माग 

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न मितिमा भएका सन्धी सम्झौताको विवरण उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरु वा अन्तरसरकारी संघ संगठनहरुसँग भएका सन्धी सम्झौताहरु, संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण समितिमा उपलव्ध गराउन निर्देशन दिएको सभापति विमला सुवेदीले जानकारी दिए ।