प्रचण्डले बोलाए स्थायी कमिटी बैठक, यी हुन छलफलको एजेन्डा !

काठमाडौँ । विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

फागुनको पहिलो साता हुन लागिएको विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।