तनहुँको भिमादमा जिप दुर्घटना !

 काठमाडौँ - तनहुँको भिमादमा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् । भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा र सेर्काभञ्ज्याङबीचको वरघुम्तीमा पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय भिमादका असई उदयराज पौडेलले घाइतेहरूलाई भिमादस्थित सेतीगंगा सामुदायिक अस्पताल र पोखरा लगिएको जानकारी दिए । घटनास्थलबाट फर्किएका वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर थापाले घुम्तीबाट करिब ३ सय मिटर तल जिप खसेको इकान्तिपुरलाई जानकारी दिए ।