ललितपुरमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

 ललितपुर- गोदावरी नगरपालिका १४ हाडेगाउँ चोक बाडेगाउँस्थित सडकमा बा २१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२ ०४१ प ९४२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृतकमा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठ रहेकी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।