एनसेलको शेयर खरिद-विक्री रोक्न माग गर्दै सांसद सिंहले हाले सर्वोच्चमा रिट

 काठमाडौँ - एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सिंहले शुक्रबार एनसेलको सेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरिएको छ । रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ ।