चीनको हाङचाओमा आयोजना भएको १९औं एसियाली खेलकुद सम्पन्न 

काठमाण्डौँ - आगामी तीन वर्षपछि जापानको आइची नागोयामा भेट्ने बाचासहित चीनको हाङचाओमा आयोजना भएको १९औं एसियाली खेलकुद सम्पन्न भएको छ । 

हाङचाओको ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको बिग लोटस स्टेडियममा आयोजित विशेष समारोहमा चिनियाँ प्रधानमन्त्री लि कियाङको उपस्थितिमा प्रतियोगिताको समापन गरिएको हो । उद्घाटन समारोहमा प्रज्जवलित गरिएको ओलम्पिक ज्योति समापन समारोहमा निभाइएसँगै १९औं एसियाली खेलकुद सम्पन्न भएको हो । उद्घाटन समारोहमा ओलम्पिक दीप प्रज्ज्वल गरेका डिजिटल मानवले समापन समारोहमा सो दीप निभाएका थिए ।