बलिउडको चर्चित जोडी दीपिका र रणवीरलाई पुत्रीलाभ

काठमाडौँ । बलिउडको चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह आमा-बुवा बनेका छन्।

उनीहरूलाई पहिलो सन्तानको रुपमा उनीहरुलाई  पुत्रीलाभ भएको हो।

शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना भएकी दीपिकाले आइतबार छोरी जन्माएकी हुन्।

दीपिका पादुकोण अस्पतालमा भर्ना हुनुअघि मुम्बईको प्रतिष्ठित सिद्धिविनायक मन्दिरमा भगवान् गणेशको आशीर्वाद लिन पनि पुगेकी थिइन्।

दीपिका र रणवीरले सन् २०१८ को नोभेम्बर महिनामा विवाह गरेका थिए।