एमाले - कांग्रेस निकट विद्यार्थी संगठनलाई सुमनाको प्रश्न :ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो ? 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थीहरू दीक्षित भए पनि दिक्षान्त समारोह पनि गर्न नपाएको बताएकी छिन्।

कर्णाली स्वास्थ्य प्रतिष्ठानका विद्यार्थीहरू मारमा  परेको उनले बताएकी छिन्। ​संसद्को विशेष समयमा बोल्दै सांसद श्रेष्ठले एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले विद्यार्थीको पढ्ने र परीक्षा दिने अधिकारबाट पनि बञ्जीत गरेको बताइन्।

सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनका कारण विद्यार्थीले पढ्न र परीक्षा दिनसमेत नपाएको उनको दाबी छ। राणा शासनमा बरू एउटा कलेज खुलेको भन्ने सुनिन्छ। ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो ? उनको प्रश्न छ।