यहि वर्षदेखि बंगलादेशमा बिजुली बिक्री गर्छौ : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यहि वर्षदेखि बंगलादेशमा बिजुली बिक्री गर्ने बताएका छन् ।

शुक्रबार आफ्नो दोस्रो कार्यकाल तीन वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् । उनले विद्युत उत्पादन, प्रसार र वितरणमा ८ वर्षमा एक खर्ब रुपैयाँ लगानी भएको जानकारी दिए ।

कुलमानले प्राधिकरणको आम्दानी पनि १ खर्ब रुपैयाँबाट उकाले लागेको जानकारी दिए ।

घिसिङले भारतको बाटो हुँदै बंगलादेशमा यही वर्षदेखि बिजुली पठाइने बताए । ‘बङ्गलादेशको अवस्था सुधार हुनासाथ विद्युत निर्यात सम्झौता हुनेछ’, उनले भने, ‘यही वर्षभित्र बंगलादेशमा बिजुली निर्यात हुने विश्वास लिएका छौँ।’