यस्तो छ अमेरिकी डलरदेखि कोरियन वनसम्मको मूल्य

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरदेखि कोरियन वनसम्मको मूल्य सूची जारी गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १७ पैसा र बिक्री दर १७० रुपैयाँ ९३ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी दक्षिण कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा रहेको छ ।