सुनको भाउ आज तोलामा एक हजार पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौँ - आज सुनको भाउ तोलामा एक हजार पाँच सय रुपयाँले बढेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको  एक लाख ४६ हजार छ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार सात सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलमा एक हजार छ सय ९० रुपैयाँ रहेको थियो ।