पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध  

काठमाडौँ । धरान - धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । भारी वर्षासँगै साँगुरी गाउँपालिका फेदीमा खसेको पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध भएको हो ।

बिहान ८ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । रातिदेखि धनकुटामा पानी परिरहेको छ ।

साँगुरी गढीकाको लेउती खोलाको पुलदेखि घण्टे भन्ने स्थानसम्म ठाउँ ठाउँमा सडकमा लेदोसहितको ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा धरान धनकुटा सडकमा सवारीका साधन चल्न सकेका छैनन् ।

घटनास्थलमा प्रहरी पुगे पनि लेदो खसिरहेकाले पहिरो पन्छाउन सकिएको छैन ।