सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो, तोलाको कति ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य ४ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला १ लाख ४१ हजार निर्धारण गरिएको छ। शुक्रबार छापावाला सुन तोलामा  १ लाख ४५ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा  १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।  त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर एक तोलाको १ हजार८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतिोला १ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो ।