एमसीसीको पहिलो ठेक्का लाग्यो !

काठमाडौँ -  एमसीए नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अनुदानमा बन्ने न्यु बुटवल सबस्टेसन निर्माण गर्न ठेक्का सम्झौता गरेको छ । यो एमसीसी परियोजना अन्तर्गत निर्माणसम्बन्धी पहिलो ठेक्का हो ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिममा निर्माण हुने ४०० केभी न्युबुटवल सबस्टेसन निर्माण गर्न लिंकसन इन्डिया प्रालिसँग एमसीए नेपालले बिहीबार ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार सबस्टेस निर्माण ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ ।