शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि नछाड्न शान्ति समाजको आग्रह

 काठमाडौँ - मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रिय अस्मितामाथि गम्भीर घात भएको बताएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजले नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेतासहित जो कोही संलग्न भएपनि उनीहरुलाई कानुन सम्मत कारबाहीको सुनिश्चितता गर्न आग्रह गरेको छ । अहिलेसम्म भएको छानबिन एवं घटनाक्रमले यस प्रकरणमा शीर्ष राजनीतिज्ञहरु सहित उच्च पदस्थहरुको संलग्नता भएको पुष्टि हुँदै गएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।