पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ -हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक  वर्षाको सम्भावना रहेको छ।

आज तराईका जुनसुकै ठाउँमा हावाहुरी चल्ने सम्भावना देखिएको छ मौसमविद्ले  भने, धेरै ठूलो त होइन, तर सामान्यभन्दा अलि वेगको हावाहुरी आउने सम्भावना छ। त्यसैले आज तराईका बासिन्दाले केही सजगता अपनाउनु उचित हुने सुझाव उनले दिए।

मौसम बदली र वर्षा हुने क्रम ह्वात्तै घटेपछि केही दिनदेखि देशभर तापक्रम बढिरहेको छ। अझै २/३ दिन नयाँ प्रणाली (पानी पार्ने प्रणाली) आउने सम्भावना नदेखिएकाले देशभर गर्मी बढ्ने मौसमविद्को भनाइ छ।  तराईमा भने गर्मी अझ बढ्ने सम्भावना छ।