कोशीमा मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च पुगे निवर्तमान मुख्यमन्त्री

काठमाडौँ - कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चले दर्ता गरेको हो ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गरेपछि निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्च गएका हुन् ।