एमाले अध्यक्ष ओली धादिङको रुवी भ्यालीमा

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धादिङको सुन्दर गाउँ रुवी भ्याली पुगेका छन्। नेकपा एमाले धादिङले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका हुन्।

एमालेको देशव्यापी अभियान मिसन ग्रासरुट अन्तरगत रुवी भ्यालीमा एमालेको सभा चलिरहेको छ। ओलीले केहीबेरमा सभालाई सम्बोधन गर्नेछन्। उनले नेकपा एकीकृत समाजवादी पार्टीलगायत अरू दलका केही कार्यकर्तालाई एमालेमा स्वागत गर्नेछन्।