सरकारले कहिले पाउँछ पूर्णता ?

काठमाडौं - चैत २२ गते बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र सरकारले शतिप्रतिशत पूर्णता पाउने बताएका थिए।

प्रधानमन्त्रीले सरकारले दुई दिनभित्र शतप्रतिशत पूर्णता पाउने बताएको दुई दिनपछि कांग्रेस नेता डा. शेखर कोइरालासँग बालुवाटारमा लामो छलफल गरे। सो अन्य विषयमा कुराकानी भएपनि सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो।

तर उक्त छलफलको उद्देश्य सरकारलाई पूर्णता दिने भन्दा पनि संक्रमणकालीन न्याय सम्बन्धि विधेयकका विषयमा बढी छलफल भएको थियो।

प्रधानमन्त्री नियुक्त भएको तीन महिनाभित्र प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।

चैत १७ गते सातौं पटक सरकार विस्तार गरेका प्रचण्डले अझै सरकारलाई पूर्णता दिन सकेका छैनन्। आफ्नो यो कार्यकाललाई देश र जनताले सम्झना लायक बनाउने बताउँदै आएका प्रधानमन्त्रीले हालसम्म सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना हुने गरेको छ।