मल कारखाना निर्माणमा सहजीकरण गरिदिन लगानी वोर्डका सिईओसमक्ष सांसद पाण्डेको आग्रह

काठमाडौं - बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माणमा लगानीको वातावरणलाई सहजीकरण गरिदिन लगानी वोर्डका सिईओ सुशिल भट्ट समक्ष आग्रह गरेका छन् ।

आज आईतवार लगानी बोर्डको कार्यलयमा भएको भेटमा उनले आफू मुख्यमन्त्री हुँदा सिन्धुलीमा रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाएको जानकारी गराँउदै अव कारखानाका लागी लगानीको वातावरणमा सहजीकरण गरिदिन सिईओ भट्ट समक्ष आग्रह गरेका हुन् । उनले कारखाना सम्बन्धी फाईल प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्री, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योग विभाग, कृषी मन्त्रालय र अन्य मन्त्रीहरु तथा मुख्यसचिव समक्ष बुझाईसकिएको भन्दै सिईओ भट्टलाई पनि हस्तान्तरण गरेका छन् ।

फाईल हस्तान्तरण गर्दै पाण्डेले आयोजनामा लगानी गर्ने वातावरणमा सहजीकरण गरिदिन पनि आग्रह गरे । लामो समयदेखी देसमा सासायनिक मलको हाहाकार हुने गरेकाले आफु मूख्यमन्त्री रहँदा कारखाना स्थापना गर्ने योजना बनाएको र आफुसंग छलफल गर्न आएको एक अन्तराष्ट्रिय कम्पनीसंग मल कारखाना निर्माण गर्न आग्रह गरेको जानकारी गराय । “लामो समयदेखी किसानहरुले मलको समस्या भोग्दै आएका छन् । देसभरी नै यसको हाहाकारको स्थीती छ । यस्ता समस्यालाई समाधान गर्न थाईल्याण्डको महाछाद भन्ने कम्पनीसंग आग्रह गरी सिन्धुलीमा मल कारखाना खोल्ने निर्णय गरेको छु । कृषकसंगको जनजिवीकासंग समेत जोडिने यस्तो योजना सफल बनाईदिन सिईओसाव पनि लागिदिनुप¥यो” पाण्डेले भने ।