काठमाडौँ - नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।
उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ । यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी र कर्णालीमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ ।