काठमाडौँ - आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिदेशीय शृङ्खला आज विहीबारदेखि सुरु हुँदैछ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ । खेल विहान साढे ९ बजेपछि त्रिवी क्रिकेट मैदान कीर्तीपुरमा सुरु हुँदैछ ।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । यस्तै एकदिवसीय मान्यता जोगाइ राख्न चार मध्ये कम्तिमा दुई वटा खेल जित्नुपर्नेछ ।
घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । तर यसै हप्ता यूएईमा भएको शृङ्खलामा भने दुवै खेलमा नेपालले हराएको छ ।
यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ । पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । मार्च १२ फागुन २८ मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ फागुन २९ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ चैत २ मा यूएईसँग खेल्नेछ ।
नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।