हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ? 

 काठमाण्डौँ - हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।  
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।