गस्तीमा गएको प्रहरीको भ्यानबाट लडेर हवल्दार एलजीको निधन

काठमाडौँ । गस्तीमा गएका सहायक प्रहरी हवल्दार हेमराज एलजीको भ्यानबाट लडेर निधन भएको छ ।

काठमाडौँ सतुङ्गलमा प्रहरी प्रभाग बलम्बुमा कार्यरत हेमराज राति चेकिङ सकेर अफिस फर्किंदा प्रहरीकै बा१झ ७४१८ नम्बरको गाडीको पछाडिबाट ओर्लिन खोज्दा सडकमा लडेर उनको ज्यान गएको हो ।

उनलाई प्रहरीले सशस्त्रको बलम्बु अस्पलाल पुर्याएको थियो । तर अस्पतालले उनलाई राति नै मृत घोषणा गरेको थियो ।