images

राष्ट्रियसभा अध्यक्षलाई लिएर गठबन्धन यताउता हुँदैन : माओवादी केन्द्र 

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाको अध्यक्षको विषयलाई लिएर गठबन्धन तलमाथि नहुने स्पष्ट पारे।

माओवादी केन्द्रको आइतबार र सोमबार हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको थियो ।

शुक्रबार​ २६ माघ २०८० ०९:४९ PM मा प्रकाशित

प्रतिक्रिया