वैज्ञानिक समाजवादी पार्टीले माघ २९ र फागुन १ गते संकल्प पर्व मनाउने

काठमाडौँ ।  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुती’ माघ २९ र फागुन १ गते संकल्प पर्व मनाउने जानकारी दिएका छन् ।

देशमा रहेका सबै संस्कार, चाडपर्वहरू मौलिक ढंगले निर्माण गर्ने अभियानका रुपमा आप्नो पार्टीले संकल्प पर्व मनाउन लागिएको बताए ।

 उनले नेपालमा भइरहेका गलत परम्परा र संस्कृतिलाई छोड्ने नयाँ र ठीक कुराको जग हाल्ने उद्देश्यका साथ आफूहरूले हरेक वर्ष संकल्प पर्व मनाउँदै आएको बताए ।

उनले भने, ‘भइरहेका गलत परम्परा र संस्कृतिलाई छोड्ने, नयाँ कुरा र ठीक कुराको जग हाल्ने अन्तर्गतको पर्व हो ।’