'बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजना गरिएको बीआरआईको एक दशक व्यापार, लगानी र सम्पर्क सञ्जाल” बिषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएपनि यसमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताएका हुन् । 

कार्यान्वयन योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बीआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उनले बताए । 

कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहहरुका कारण बीआरआई परियोजनामा ढिलाई भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बीआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहेको दाबी गरे ।