आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? 

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ८४ पैसा र बिक्री दर १३३ रूपैयाँ ४४ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसामा कारोबार हुनेछ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा र बिक्री दर १६६ रूपैयाँ ३६ पैसामा कारोबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८५ रुपैयाँ २ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा खरिदबिक्री गरिने छ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा कारोबार गर्न अनुमति पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसामा खरिदबिक्री हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८।३९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री हुनेछ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.६६ पैसा र विक्रीदर ४३२.६ पैसामा कारोबार हुने जनाइएको छ।