मनसुन राईड भोलि हुने

काठमाण्डौँ - यस वर्षको मनसुन बुलेट राइड साउन २५  र २६ गते हुने भएको छ । 
नेपालको  आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बुलेट सर्भिस सेन्टर बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले भोलि र पर्सि उक्त कार्यक्रम हुने जानकारी गराए । 

उक्त दुई दिने कार्यक्रममा करिब ३५ वटा बुलेट बाईकले काठमाडौंदेखि चुम्लिङ्टारसम्मको यात्रा गर्नेछ । पहिलो दिन काठमाडौबाट रिभर फन रिसोर्टसम्म यात्रा गरिने छ । उक्त कार्यक्रममा विभिन्न बाईक सम्बन्धी मनोरञ्जनात्मक खेलहरु खेलाउनुका साथै र्‍याफ्टिङ पनि गराइने छ ।