बङ्गलादेशमा हिंसा रोकेर देश निर्माणमा जुट्न अन्तरिम सरकारको आग्रह

काठमाण्डौँ - बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न लाग्नुभएका मोहम्मद युनुसले विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई हिंसा रोकेर राष्ट्र निर्माणका लागि तयार रहन आह्वान गरेका छन् । उपचारका लागि फ्रान्समा रहेका युनुसले उतैबाट विद्यार्थीलाई शान्त हुन आग्रह गरेको बीबीसीले जनाएको छ  । उनी  आज ढाका गएर शपथ लिने तयारी भइरहेको छ ।

राष्ट्रपति र सेना प्रमुखले आन्दोलनरत विद्यार्थीसँग छलफल गरेपछि ८४ वर्षीय नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन लागिएको हो । विद्यार्थीले शुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएपछि युनुस अन्तरिम सरकार प्रमुख बनेका छन् ।