मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु  

काठमाडौँ । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । हरिपुर नगरपालिका–१ जानकीनगरमा आइतबार ज ८ प ६८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राति ८ बजेतिर गाउँको भित्री सडकमा पैदल हिँडिरहेको बेला तिव्र गतिमा रहेको मोटरसाइकलले पोखरेललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई हरिवनमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।