आजको मौसम : देशभर गर्मी बढ्दै, आज ४२.२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना 

काठमाडौँ - अझै केही दिन देशभरको तापक्रम उच्च रहनेछ । काठमाडौंसहित देशभर गर्मी हुनेछ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । 

काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।

“आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने देखिन्छ ।