सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो।