नेकपा एस छाड्दै न्यौपानेले भने-'भविष्य नभएको पार्टीको नेता भन्दा सम्मानित नागरिक ठिक'

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका तेस्रो वरियताका नेता तथा पूर्व मन्त्री मुकुन्द न्यौपानेले विद्रोहको घोषणा गरेका छन् ।

तत्कालीन नेकपा एमालेबाट विद्रोह गर्दा माधव नेपाल र झलनाथ खनालपछिको वरियतामा रहेर नेकपा एस गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलनमार्फत पुनः विद्रोहको घोषणा गरेका हुन् ।

न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गरेका छन् । उनले आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल नगरिएको बताएका छन् । उनले भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउने भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताएका छन् ।