घरजग्गा कारोबारको मन्दी हटाउन व्यवसायीका दर्जन माग

काठमाण्डौँ - घरजग्गा कारोबारमा मन्दी लम्बिएपछि घरजग्गा व्यवसायीले सरकारसँग विभिन्न माग अघि सारेका छन् । महिनामा लाखभन्दा बढी हुने लिखत पास अहिले ४० हजारमा झरेको छ ।

स्थानीय तहरुले जग्गाको वर्गीकरण गरेर कृषि र गैरकृषिजन्य क्षेत्र छुट्याएपछि कित्ताकाट खोल्नु पर्ने व्यवस्था पछि घरजग्गा व्यवसाय सुस्ताउन थालेको थियो ।

नेपाल जग्गा तथा आवास विकास संघले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै विभिन्न नीतिगत व्यवस्थाहरु आवश्यक परेको बताएको छ । संघका अध्यक्ष भेषराज लोहनी घरजग्गा व्यवसायी सरकारी नीति र अर्थतन्त्रमा आएको समस्याले सबैभन्दा बढी पीडित बन्नु परेको बताउँछन् ।