सिंहदरबारको फोहोर उठ्दैन, नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ : बालेन

काठमाडौँ - काठमाडौँ महानगरका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने बताएका छन् । 

सामाजिक सञ्जालमामा लेख्दै उनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका हुन् । 

देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने उनले बताए । 

उनले लेखेका छन्,'आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।'