पशुपति क्षेत्रमा गाडी लिएर जाँदै हुनुहुन्छ ? यस्तो छ गाडी डाइभर्सनको रुट

काठमाण्डौँ - महाशिवरात्रि पर्वको अवसरमा गौशालाको पाशुपत क्षेत्रमा हिजै रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड भएकाले आवश्यकता अनुसार गाडीलाई डाईभर्सन गरिएको छ ।

गौशाला क्षेत्रतर्फ जाने गाडीलाई चाबहिल, पुरानो बानेश्वर,  ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको ।

त्यसैगरी मालवाहक गाडीहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिएको छ ।
गौशाला क्षेत्रमा आज गरिने ट्राफिक व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुरोध गरेका छन् ।