क्यानडाविरुद्ध नेपालको १५० रन पूरा

काठमाडौँ - क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले १५० रन पूरा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले ३३.१ ओभरमा ५ विकेटको क्षतिमा १५० रन पूरा गरेको हो ।

अहिले आरिफ शेख र पवन सराफले ब्याटिङ गरिरहेका छन् । ३५ ओभरको समाप्तीमा नेपालले ५ विकेटको क्षतिमा १५९ रन बनाएको छ ।
यसअघि कुशल मल्ल २०,भीम सार्की १७, ओपनर कुशल भूर्तेल ६२ तथा कप्तान रोहित कुमार पौडेल र ओपनर आसिफ शेख ८–८ रनमा आउट भए ।