क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक, कप्तान रोहित पौडेल आउट

काठमाडौँ - तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा कुशल भुर्तेलले क्यानडाविरुद्ध अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा भुर्तेलले ४५ बलमा ५१ रन बनाएका हुन् । उनले एक छक्का र ८ चौकाको मद्दतमा ५१ बनाएका हुन् ।

यसैबीच, नेपालका कप्तान रोहित पौडेल ८ रन बनाएर आउट भएका छन् । यसअघि ओपनर आसिफ सेख पनि ८ रनमा आउट भएका थिए ।
जारी खेलको १४।३ ओभरमा नेपालले दुई विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ ।