नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौँ - पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२५ रनको लक्ष्य दिएको हो ।

कुशल भुर्तेलले ५८ बलमा ६२ रन बनाएका छन् । त्यसैगरी आशिफ शेखले २४ बलमा ८ रन जोडेका थिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले १७ बलमा ८ रन जोडेका थिए भने भीम सार्कीले २६ बलमा १७ रन बनाएका थिए । त्यसैगरी कुशल मल्लले ३२ बलमा २० रन बनाए । आरिफ शेखले ५० बलमा ३८ रनको योगदान दिए । ३४ बल खेलेका पवन सर्राफले १५ रन बनाए । त्यसैगरी सोमपाल कामीले २३ बलमा २७ रनको योगदान दिए ।

त्यस्तै आजै डेब्यु गरेका सूर्य तामाङले ३२ बलमा १० रन बनाए भने रिजन ढकालले ४ बलमा ४ रन बनाए । त्यसै ललित राजवंशीले १ बलमा १ रन बनाए । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।

नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।