आजको मौसम : यी प्रदेशमा छ हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ - अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराई भू–भागका केही स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा अपराह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जान सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

भोलि ९मंगलबार० कोशी, गण्डकी र कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।