आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । आइतबार स्थिर रहेर सोमबार तोलामा पाँच सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चार सय रूपैयाँले घटेको हो । 

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार चार सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २५ रूपैयाँले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला १० रूपैयाँले घटेको हो । महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ ।