कोशी प्रदेशमा विश्वसको मत दिन सबै दललाई मुख्यमन्त्री कार्कीको अनुरोध

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दललाई अनुरोध गरेका छन् । मुख्यमन्त्री कार्कीले शनिबार पत्र लेख्दै सबै दललाई आफूलाई विश्वसको मत दिनका लागि अनुरोध गरेका हुन् ।

यसअघि पनि मुख्यमन्त्री भएका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उनले विश्वासको मत पाउन सकेका थिएनन, जसका कारण उनी बाहिरिनु परेको थियो । त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई(दुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ती सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न परमादेश दिएको थियो । 

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् ।