मनोज गजुरेलकी पूर्व पत्नी मीना ढकाल

काठमाडौँ ।  हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले केहि युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा ताल्चा लगाउँन पुगेकी थिइन् ।

मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चापी लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको हो ।

२०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भैसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहुत्या गर्दै आएकी मीनाले यो पल्ट भने घरमै चापी लगाउँन पुगेकी हुन् ।