ठमेलमा प्रेमिकाको कुटपिट गरी हत्या

काठमाडौं - काठमाडौंको ठमेलमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।

भगवती बहालमा बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेका हुन्।

उनीहरू ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । अमरले मादक पदार्थ सेवन गरी जेनिशालाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी जेनिशाको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । अमरलाई प्रहरीले पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।