सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भई रहेको चाँदी स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको छ ।