आजको शेयर बजार : नेप्से १९.१२ अंकले घट्यो, कारोवार रकम कति ?


काठमाडौँ - अाज  सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक १९.१२ अंकले घटेर १८६६.४० विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१४ अंकले घटेर ३५४.७८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा ६० करोड ८१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ । यसको आज ३ करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै क्रमश स् मकर जितुमाया सुरी हाइड्रोपावर र शिभम् सिमेन्टको कारोबार भएको छ ।