ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

बुधबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले घटेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कारोबार भईरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।