शुक्रबार पनि घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा तोकिएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको थियो।

यस्तै, युरोपियन युरोको भाउ खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ।

अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ०२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९५ पैसा र विक्रीमा ९ रुपैयाँ ९९ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९ रुपैयाँ ०९ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।