एसएमएस फ्रेन्डसिप कपमा उपाधिका निम्ति गुजरात र नेपाल भिड्दै

काठमाडौँ - भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसनबिच प्रतिस्पर्धा हुँदै छ । 

यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो ।  

गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेल अगावै उपाधि होडबाट बाहिरिइसकेको थियो । 

नेपालले निकट भविष्यमा ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृङ्खला खेलेको हो ।